मोरङ– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा माओवादी पहिलो दल बन्ने दाबी गरेका छन्।
मोरङको ग्रामथान गाउँपालिकामा आयोजित धन्यवाद तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले गत मंसिर १५ मा भएको उपनिर्वाचनले जनतामा माओवादीप्रति उत्साह जागेको भन्दै अब ०८४ को निर्वाचनमा पहिलो दल बन्ने दाबी गरेका हुन्।
गत मंसिर १५ मा भएको उपनिर्वाचनले जनतामा माओवादीप्रति उत्साह जागेको भन्दै अब २०८४ को निर्वाचनमा पहिलो दल बन्ने उनले बताए।
‘हामी १२२ ठाउँमा स्थानीय तहमा जितेका थियौं। गएको उपनिर्वाचनमा ग्रामथानले त्यसलाई १२३ ठाउँ पुगेको छ,’ प्रचण्डले भने, ‘अब त्यो १२३ लाई हामी २५० बनाउनेछौं। अबको निर्वाचनमा माओवादी पहिलो दल बन्नेछ। यसमा कसैले रोक्न सक्दैन।’उनले भने।
गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा ग्रामथानको अध्यक्ष माओवादी केन्द्रले जितेको थियो। गत भदौ २९ गते अध्यक्ष प्रचण्डले नै ग्रामथान पुगेर पहिलो चुनावी सभालाई सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।