पोखरा – सहकारी ठगी मुद्दामा फरार रहेका गिजेन्द्रबाबु (जिबी) राईको राहदानी रद्द गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।
कास्की अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले जिबीको राहदानी रद्द गर्न आदेश दिएको हो।
राहदानी रद्द गर्न राहदानी विभागमा पत्र पठाउने निर्णय भएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।
‘सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अदालतमा मुद्दा विचाराधिन छ। मुद्दा प्रक्रियामा सहभागी नभइराखेको अवस्था छ। विदेशमा रहेको भन्ने जानकारीका आधारमा राहदानी रद्द गरी लिन सकिन्छ भन्ने उद्देश्यले अदालतले राहदानी रद्द गर्न अनुमति दिएको हो,’ उनले भने।
यस अघि जिल्ला प्रहरी कार्यालय कास्कीले राईलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी ऐन, २०७६ को दफा १५ बमोजिम रद्द गर्नका लागि प्रहरीले सरकारी वकिल कार्यालयमार्फत् अदालतमा अनुमति माग गरेको थियो।
तर न्यायाधीश हरिप्रसादकोइरालाको इजलासले माग बमोजिम आदेश नहुने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।