काठमाडौं– स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ३९ जना प्रतिवादीसँग काठमाडौं जिल्ला अदालतमा बयान सुरू भएको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा रास्वपा सभापति लामिछाने, सहकारीका व्यवस्थापक नवीन अछामीसहित ३९ जननासँग बयान सुरू भएको हो ।
उनीहरुविरुद्ध संगठितरूपमा ठगी गरेको विषयमा सुमन खानलसमेतका जाहेरीले नेपाल सरकार वादी भएर मुद्दा चलेको छ ।
सो प्रकरणमा काठमाडौं प्रहरी परिसरले लामिछानेसहित ३९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछाने आफैँ अदालतमा उपस्थित हुनेगरी छुटेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।