काठमाडौँ – मन्त्रिपरिषद् बैठक सुरु भएको छ। शुक्रबार साँझ ७ बजे बस्ने भनिएको बैठक ढिलागरी सुरु भएको हो।
बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।
आजको बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए। भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए।
सरकारले केही अध्यादेशको तयारी गरेको चर्चाका बीच सो भेटवार्ता भएको थियो। आजको बैठकले केही नियुक्ति र बढुवासम्बन्धी निर्णय लिन सक्ने एक मन्त्रीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।