काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने २ बजेको फ्लाइट क्यान्सिल गरेर काठमाडौँ हिँडेका छन् । केही बेरअघि सभापति लामिछाने स्थलमार्ग हुँदै आफ्नै गाडीमा काठमाडौँ हिँडेका हुन्।
लामिछाने आजै काठमाडौँ जिल्ला अदालतमा उपस्थित तयारीमा छन्। लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि बिहीबार रिहा भएका थिए।
अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।