काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले यही पुस २३ गते (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन्।
गुरुङका अनुसार फागुन १२ देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जलवायु परिवर्तनसँगसम्बन्धी कार्यक्रममा सहभागी हुन वनराज्य मन्त्रीलाई स्वीकृत प्रदान गरिएको छ ।
त्यस्तै सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रूपमा काम गर्ने गरी काजमा खटाउने निर्णय भएको छ ।
बैठकले माघ २८ देखि ३० गतेसम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने एक कार्यक्रममा सहभागी हुन उपमहालेखापरीक्षक वामदेव शर्मा अधिकारीलाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तो छ पुस २३ का क्याविनेट निर्णयहरू
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।