पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्यायलय प्रति विशेष आभार व्यक्त गरेका छन्।
न्याय प्रणालीमा विश्वास गर्ने ठाँउ भएको उनले उल्लेख गरेका छन्। अझै धेरै लडाइँ बाकी भएकाले पछी बोल्ने समय आए नबोल भने पनि बोल्ने उनले बताए।
रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो। न्यायाधीश नीतिज राईको एकल इजलासले आदेश दिए लगत्तै रविले बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएर अदालतबाट निस्किएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता खुशी हुदै नारा बाजि गरेका थिए। काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थिति हुने शर्तमा प्रहरीले रविलाई परिवारको जिम्मा लगाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।