काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजै सकिने भएको छ।
यसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो २ बजेसम्म केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि जवाफ र निर्णय प्रक्रियामा अगाडि बढ्ने प्रस्ताव गरेका छन्।
मंगलबारको बैठकको सुरुमा बोल्दै प्रचण्डले आफूले पेस गरेको राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा आएको बताए। त्यसैले छलफलको प्रक्रिया छोट्उने भनेर उनले दिउँसो २ बजेसम्म केन्द्रीय सदस्यहरूले धारणा राखिसक्ने र निर्णय प्रक्रियामा अघि बढ्ने बताएका हुन्।
आइतबार प्रचण्डले ३० पेजको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसमा धारणा राख्न १८० जनाले नाम टिपाएका थिए। ८० जनाले सोमबार बोलेका थिए। बाँकीले बोल्नेक्रम जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।