काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको छैठौं पूर्ण बैठकमा दोस्रो दिनको छलफल सुरु भएको छ। बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि उनको राजनीतिक प्रस्तावमा छलफल सुरु भएको छ।
छलफलका लागि केन्द्रीय सदस्यहरुलाई तीन–तीन मिनेटको समय छुट्याइएको छ। छलफलमा भाग लिन इच्छुक केन्द्रीय सदस्यहरुलाई नाम टिपाउँदै बोल्न दिइएको छ।
विगतका बैठकहरुमा राजनीतिक प्रतिवेदनमा छलफल गर्न समूह बनाउने र छलफलपछि समूहको नेताले धारणा सुनाउने गरिन्थ्यो। तर यसपटक त्यस्तो अभ्यास नगरी केन्द्रीय सदस्यहरुलाई सीधै बोल्न दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।