• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

भूकम्प गएको ४१ महिनामा ३ लाख घर पुनर्निर्माण, कुन जिल्लामा कति?

64x64
नेपाल लाइभ शुक्रबार, असोज १२, २०७५  १६:२२
1140x725

काठमाडौं– भूकम्पपछिको ४१ महिनामा पुनर्निर्माण सुरु भएका ५ लाख ५५ हजार ६ सय १२ निजी घरमध्ये २ लाख ९६ हजार ५ सय १४ घरको निर्माण कार्य सम्पन्न भएको छ। 

_x000D_ _x000D_

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सूचना प्रणालीमा प्राप्त तथ्याङ्कअनुसार बाँकी २ लाख ५९ हजार ९८ घर पुनर्निर्माण भइरहेका छन्। कम प्रभावित १८ जिल्लाका तथ्याङ्क प्राप्त हुन बाँकी रहेकाले पुनर्निर्माण भएका घरको सङ्ख्या करीब साढे तीन लाख पुगेको प्राधिकरणको अनुमान छ।

_x000D_ _x000D_

हाल पुनर्निर्माण भइरहेका घरको निर्माण दसैंतिहारपछि सम्पन्न हुने र सुरु गर्न बाँकी लाभग्राहीले पनि निर्माण थाल्ने प्राधिकरणको अपेक्षा छ। प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले स्थानीय तहलाई दिइएको जिम्मेवारी र केही समयमा स्थानीय तहमा पठाइने वरिष्ठ इञ्जिनियर सहितको प्राविधिक सहयोगबाट बन्दै गरेका घरको पुनर्निर्माण छिटो सम्पन्न गर्न सहयोग पुग्ने बताए।

_x000D_ _x000D_

‘अभियानका रुपमा निजी आवास पुनर्निर्माणलाई अघि बढाउन लाभग्राही, स्थानीय तह, राजनीतिक दलदेखि सबैको सहयोग जरुरी छ।’, उनले भने। 

_x000D_ _x000D_

भूकम्पबाट क्षति भएका घरमध्ये अनुदान सम्झौता सम्पन्न लाभग्राही सङ्ख्या ७ लाख २३ हजार ७ सय २८ छन्। त्यसमध्ये ७ लाख १७ हजार ९ सय ६४ लाभग्राहीले पहिलो किस्ता लिइसकेका छन्। दोस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या ५ लाख ३ हजार ३६ पुगेको छ। २ लाख ६६ हजार ९ सय ४ लाभग्राहीले तेस्रो किस्ता बुझिसकेका छन्।

_x000D_ _x000D_

गुनासो सम्बोधनपछि कूल पुनर्निर्माण लाभग्राहीको सङ्ख्या ८ लाख १० हजार ६ सय ९० पुगेको छ। प्रबलीकरणको सूचीमा परेका लाभग्राहीको सङ्ख्या ६१ हजार ८ सय ९१ पुगेको छ। 

_x000D_ _x000D_

जिल्लागत रुपमा पुनर्निर्माण 

_x000D_ _x000D_

सिन्धुपाल्चोकमा ४९ हजार ५ सय ४०, दोलखामा ४४ हजार ४ सय ६१, गोरखामा ३६ हजार ४ सय ९०, धादिङमा ३५ हजार ६ सय ६१, नुवाकोटमा २८ हजार १ सय ५०, रामेछापमा २३ हजार ७ सय ३४, काभ्रेपलाञ्चोकमा २० हजार ७ सय ५२, सिन्धुलीमा ११ हजार १ सय १०, ओखलढुङ्गामा १० हजार ७ सय ८७, ललितपुरमा तीन हजार ४ सय ५५, भक्तपुरमा पाँच हजार ५ सय ३०, काठमाडौँमा सात हजार ४ सय ३८ र रसुवामा आठ हजार ५ सय ९१ घर पुनर्निर्माण सम्पन्न भएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

यसैगरी मकवानपुरमा आठ हजार ३ सय ४६, खोटाङमा एक हजार १ सय ९१, सोलुखुम्बुमा ४ सय ३०, स्याङ्जामा ५ सय २०, गुल्मीमा ३ सय १५, अर्घाखाँचीमा १६ र लमजुङमा सात घर पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ।

_x000D_ _x000D_

करीब डेढ खर्ब अनुदान वितरण

_x000D_ _x000D_

भूकम्पबाट क्षतिग्रस्त निजी आवास निर्माणमा गत आर्थिक वर्षको अन्त्यसम्म १ खर्ब ३८ अर्ब २१ करोड ५२ लाख ९४ हजार ५ सय १८ रुपैयाँ वितरण भएको थियो। यसमध्ये १४ अर्ब ३८ करोड ७७ लाख ८७ हजार ४ सय ५१ रुपैयाँ आव २०७२÷७३ मा वितरण भएको थियो भने आव २०७३÷७४ मा ३५ अर्ब ३५ करोड ४५ लाख १८ हजार २ सय ५८ रुपैयाँ वितरण भएको थियो त्यसैगरी २०७४÷७५ मा ८८ अर्ब ४७ करोड ४० लाख ८८ हजार ८ सय ९ रुपैयाँ बराबरको आवास अनुदान वितरण गरिएको थियो।

_x000D_ _x000D_

चालू आवका लागि प्राधिकरणले ८३ अर्ब ४१ करोड ६८ लाख ३ हजार रुपैयाँ विनियोजन गरेको छ। यसमध्ये हालसम्म करीब १० अर्ब रुपैयाँ वितरण भइसकेको प्राधिकरणले जनाएको छ। सरकारले बजेटमार्फत चालू आवभित्र निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

गुनासो फर्छ्यौटबाट थपिँदै लाभग्राही 

_x000D_ _x000D_

प्राधिकरण कार्यकारी समितिले भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनः जाँच सर्वेक्षणअन्तर्गत सङ्कलित तथ्याङ्क विश्लेषण गरी १ लाख १८ हजार ७ सय ८० गुनासोको सुनुवाइ गरी नतिजा सार्वजनिक गरेको छ। भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार यसबाट ४२ हजार ४ सय २२ गुनासोकर्ता लाभग्राही सूचीमा परेका छन्। 

_x000D_ _x000D_

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार ३५ हजार ५ सय ५ घरधुरी प्रवलीकरण लाभग्राहीमा समावेस भएका छन्। २८ हजार ५ सय ७४ गुनासोकर्ता लाभग्राही हुन अयोग्य देखिएका छन्। ‘‘बाँकी गुनासोकर्ताका बारेमा थप पुष्टिका लागि स्थानीय तहमा पठाइएको छ, छुट तथा पुनः जाँच सर्वेक्षणअन्तर्गत बाँकी गुनासोको प्राधिकरणका प्राविधिकहरूद्वारा अध्ययन भइरहेको छ।’, उनले भने।

_x000D_ _x000D_

प्राधिकरणले गत वर्ष स्थलगत रुपमा प्राविधिक इञ्जिनियर परिचालन गरी छुट तथा पुनः जाँच सर्वेक्षणमार्फत एक लाख २९ हजार ४ सय ८ गुनासो सङ्कलन गरेको थियो। भूकम्प प्रभावित १६ जिल्लाका २ सय ६३ गुनासोकर्तालाई पुनर्निर्माण लाभग्राही र एक हजार ३ सय ९५ गुनासोकर्तालाई प्रवलीकरण लाभग्राही कायम गरेको छ। ३ हजार ६ सय १७ गुनासोकर्ताको स्थलगत प्रमाणीकरण गर्ने, २ सय २० जनाको अर्को स्थानमा बस्न योग्य घर भए÷नभएको स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गराउने निर्णय गरेको पनि प्राधिकरणले जनाएको छ।

_x000D_ _x000D_

अनुदान लिन नयाँ समयसीमा 

_x000D_ _x000D_

भदौ २१ गते बसेको प्राधिकरण निर्देशक समितिको बैठकले लाभग्राहीले अनुदानको किस्ता लिइसक्नुपर्ने समयसीमा तय गरेको छ। २०७५ असार मसान्तसम्म पहिलो किस्ता प्राप्त गरिसकेका लाभग्राहीले २०७५ पुस मसान्तभित्र दोस्रो र २०७६ बैसाख मसान्तसम्म तेस्रो किस्ता लिइसक्नुपर्नेछ।

_x000D_ _x000D_

गुनासो सम्बोधन लगायतबाट हालसम्म पहिचान भएका सबै लाभग्राहीसँग अनुदान सम्झौता सम्पन्न गरी प्रथम किस्ता प्राप्त गर्ने समयसीमा २०७५ कात्तिक मसान्त तोकिएको छ। यस्ता लाभग्राहीले २०७५ माघ मसान्तभित्र दोस्रो किस्ता लिनुपर्नेछ। २०७६ जेठ मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्नेछ।

_x000D_ _x000D_

आगामी दिनमा गुनासो सुनुवाइबाट लाभग्राही सूचीमा पर्ने एवं पुनः सर्भेक्षण, जोखिम वर्ग, परम्परागत बस्ती, बस्ती स्थानान्तरणबाट आउने लाभग्राहीका लागि अनुदान किस्ता प्राप्त गर्ने समयावधि कार्यकारी समितिले निर्धारण गरेबमोजिम हुनेछ।

_x000D_ _x000D_

प्राधिकरणले सरकारद्वारा बजेट कार्यक्रममार्फत निर्धारण गरेको लक्ष्यअनुसार लचिलो समयसीमा निर्धारण गरेको छ। पहिलो किस्ता लिएर पनि घर निर्माण सुरु गर्न बाँकी भएका लाभग्राहीले घर निर्माण शीघ्र गर्न आवश्यक देखिन्छ। यसअघि समयसीमा संशोधन हुने गरेको भए पनि अब त्यसो गर्न निकै कठिन हुने भएकोले बाँकी सबै लाभग्राहीलाई घर निर्माण थाल्न प्राधिकरणले आग्रह गरेको छ। रासस

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०७५  १६:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी शुक्रबार, असोज ९, २०८३
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा शुक्रबार, असोज ९, २०८३
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ शुक्रबार, असोज ९, २०८३
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित शुक्रबार, असोज ९, २०८३
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्