काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायती सदन वेस्ट मिनिस्टरको कार्यक्रममा सम्बोधन गर्ने भएका छन्।
कांग्रेस नेता डा. गोबिन्द पोखरेलका अनुसार त्यसरी सम्बोधन गर्ने कोइराला प्रथम नेपाली नेता हुनेछन्।
यस अगाडि नेपाली राजाहरुको बेलायत भ्रमण हुँदा दरबारमा सम्बोधन हुने गरेको पोखरेलले नेपाल प्रेसलाई बताए। सम्बोधन जनवरी १३ अर्थात पुस २९ मा हुने भएको हो।
बेलायतसरकारको एशिया मामलाका विदेश राज्यमन्त्री क्याथराइन वेष्ट तथा उद्योग व्यापार क्षेत्रका मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा पुस २५ मा कोइराला बेलायत प्रस्थान गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।