काठमाडौं– देशभरका विमानस्थलको अध्ययनका लागि संसदको अन्तर्राष्ट्रिय सम्बन्धले समिति सदस्य एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा उपसमिति गठन गरिएको छ।
_x000D_
_x000D_
५ सदस्यीय उपसमितिलाई २ महिनाभित्र निर्माणको क्रममा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसहित सञ्चालन भइरहेका विमानस्थलको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्य अनुमति दिइएको छ।
_x000D_
_x000D_
शुक्रबारको समिति बैठकमा निजगढ सहितका विमानस्थलबारे सांसदहरुले चासो व्यक्त गरेपछि अध्ययनका लागि संसदीय समिति नै गठन भएको हो। निजगढमा विमानस्थल बनाउनका लागि कति रुख काट्ने भन्ने विषयमा छलफल र विवाद भइरहेका बेला अन्तर्राष्ट्रिय समितिले उपसमिति नै बनाएर अध्ययन गर्न लागेको सांसद सुजिता शाक्यले बताइन्।
_x000D_
_x000D_
बैठकमा नेता नेपालले धेरै रुख काटेर शहर बनाउन नहुने बताए। हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने अवस्था आउन नदिन बेलैमा सचेत हुनुपर्ने उनको सुझाव थियो।
_x000D_
_x000D_
बैठकमा धेरै जंगल मासिने अवस्थामा सिमरामा रहेको वीरगन्ज चिनी कारखानाको जग्गामा विमानस्थल बनाउन सकिने प्रस्ताव आएको थियो। अर्का सांसद तथा नेकपाका नेता भीम रावलले पारदर्शितामा ध्यान दिँदै समग्र पक्षको अध्ययन हुनुपर्ने तर्क गरे।
_x000D_
_x000D_
कांग्रेस सांसद दीव्यमणि राजभण्डारीले पनि रिपोर्ट बनाउने र ठेक्का दिने काम भने फटाफट हुने तर काम ढिला हुने प्रवृत्तिमा आफूहरूको प्रश्न रहेको टिप्पणी गरे।
_x000D_
_x000D_
त्यस्तै अर्का कांग्रेस सांसद नारायण खड्काले निजगढको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा कमजोरी रहेको भन्दै त्यसलाई सच्याउन माग गरे।
_x000D_
_x000D_
सांसदहरुको प्रश्नपछि पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले विस्तृत डिजाइनले भनेअनुसार नै रुख काटिने जवाफ दिए। निजगढ विमानस्थल नेपालको लागि नमुना र महत्वको योजना भएकाले असफल हुन दिन नहुने भन्दै मन्त्री अधिकारीले सांसदहरुलाई सहयोग गर्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।