काठमाडौं– शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नवनियुक्त उपकुलपति (भिसी)हरूलाई आफूले प्रस्तुत गरेको भिजन मिसन र लक्ष्यलाई प्रमुख प्राथमिकता दिएर आफ्नो कार्यकाल पूरा गर्न निर्देशन दिएकी छन्।
आज(सोमबार) सामाजिक सञ्जालबाट शुभकामना दिँदै उनले यस्तो निर्देशन दिएकी हुन्।
उनले पोखरा विश्वविद्यालय, कृषि वन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपतिको खुल्ला छनोट प्रक्रिया पूरा गरी शपथ लिएर उपकुलपतिहरूले पदभारसमेत ग्रहण गरिसकेको जानकारी दिइन्।
‘पदभार सम्हाल्नुभएका विश्वविद्यालयका उपकुलपतिहरू र विश्वविद्यालयहरूलाई हार्दिक बधाई, उपकुलपतिहरूले आफूले प्रस्तुत गर्नुभएको भिजन मिसन र लक्ष्यलाई प्रमुख प्राथमिकता दिएर आफ्नो कार्यकाल पूरा गर्न सक्षम हुनुहुनेछ भन्ने विश्वासका साथ शुभकामना व्यक्त गर्दछु,’उनले उल्लेख गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।