काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवाबिना कुनै पनि राजनीतिक दलहरु अघि बढ्न नसक्ने बताएका छन्।
आइतबार काठमाडौँमा पार्टीनिकट नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि राजनीतिक दलमा युवापुस्ता नभएसम्म पार्टी अघि बढ्न नसक्ने बताएका हुन्।
उनले खेलकुदमा युवाहरु बढी हुने भएकाले कांग्रेसले युवासँग जोडिन खेलकुद क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने बताए। उनले खेलकुद स्वस्थ शरीरका लागि महत्वपूर्ण रहेको बताए।
ओलम्पिक कमिटीको विवादमा सर्वोच्च अदालतले मानेको रुक्म शमशेर राणाहरु मिलेर बनाएको कमिटीलाई मान्नुपर्ने र लागू गर्नुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।