काठमाडौं– महालेखापरीक्षकको कार्यालयले नेपाल वायु सेवा निगमले खरिद गरेको २ वटा नयाँ वाइडबडी विमानमा गडबड रहेको बताएको छ।
_x000D_
_x000D_
शुक्रबार सिंहदरबारमा बसको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले वाइडबडी जहाज खरिदमा राखेको प्रश्नको जवाफ दिँदै परीक्षकका प्रमुख टंकमणी शर्मा नयाँ दुई वटा वाइडबडी जहाज खरिदमा गडबड रहेको जवाफ दिएका हुन्।
_x000D_
_x000D_
नेपाल वायुसेवा निगमको आर्थिक विनियमावलीको दफा २३६ को १ अनुसार जहाज खरिद प्रक्रिया सुरु गरेपनि सोही अनुरुप जहाज खरिद नगरेको उनको भनाइ थियो। तर, नेवानिले दफा २३६ को २ अनुसार जहाज खरिद गरेको र सो प्रक्रियामा गडबडी देखिएको उनको भनाइ छ।
_x000D_
_x000D_
खरिद प्रक्रियामा १ हजार घन्टासम्म उडेको पुरानो विमान भनेर माग गरिएको तर, फेरि २३६ को २ अनुसार नयाँ विमान खरिद भएको उनले दाबी गरे। नयाँ विमान खरिदमा सिधै कम्पनीसँग डिलिङ हुनेपर्नेमा बीचमा एक पाउन्ड मात्र पूँजी भएको कम्पनीमार्फत रकम भुक्तानी गरी विमान खरिद गर्दा गडबड भएको उनको भनाइ छ।
_x000D_
_x000D_
नेवानिका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकार भने आर्थिक विनियमावलीको दफा २३६ को २ को जगमाा टेकेर विमान खरिद गरेको बताउँछन्।
_x000D_
_x000D_
नेवानिले प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलर खर्च गर्दै दुई वटा वाइडबडी विमान खरिद गरेको थियो। नेवानिलाई विमान खरिदमा आवश्यक रकम ऋण दिन भने नेपाल सरकारनै जमानी बसेको थियो।
_x000D_
_x000D_
नेवानिले कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषसँग समान साढे १२ अर्बका दरले ऋण लिँदै विमान खरिद गरेको थियो। खरिद गरेको पहिलो विमान असार १४ गते र दोस्रो विमान साउन १० गते काठमाडौं आइपुगेको थियो। अहिले दुई वटै वाइडबडी विमानमार्फत व्यवसायिक उडानसमेत भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।