काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा नगद प्रवाहमा आधारित सरकारी खर्च ७ अर्ब ९३ करोड रुपैयाँले घटेको छ।
_x000D_
_x000D_
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पहिलो महिना साउनसम्म १० अर्ब ६४ करोड रुपैयाँ खर्च भएको छ। जबकी अघिल्लो वर्षको यहि अवधिमा १८ अर्ब ५७ करोड रुपैयाँ नगद प्रवाहमा आधारित सरकारी खर्च भएको थियो।
_x000D_
_x000D_
एक महिनाको अवधिमा चालु खर्च १० अर्ब ७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च १८ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो। साथै एक महिनामा ५७ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ। अघिल्लो वर्ष यस्तो खर्च १२ करोड रहेको बैंकले जनाएको छ।
_x000D_
_x000D_
एक महिनाको अवधिमा कुुल राजस्व सङ्कलन ४३ दशमलब २ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। यस अवधिसम्ममा ६५ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ११ दशमलब ५ प्रतिशतल वृद्धि भई ४५ अर्ब ७९ करोड रुपैयाँ पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।