काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेस र ने
कपा एमाले मिलेर बनेको सरकार ६ महिना नपुग्दै असफल भएको भन्दै खबरदारी सभा गर्ने भएको छ।
मंगलबार राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै खबरदारी सभा गर्ने बताएका हुन्।
उनले पार्टीको पक्षमा जनमत सिर्जना गर्न र आन्दोलन तयारी गर्न पुस र माघ महिनाभर प्रदेश, जिल्ला र स्थानीय तहमा विरोधका कार्यक्रम र खबरदारी सभा गर्ने निर्णय गरेको बताए ।
विज्ञप्तिमा भनिएको छ, ‘एमाले-कांग्रेस गठबन्धन सरकार ६ महिना नपुग्दै असफलतातर्फ उन्मुख भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संसदको पहिलो र दोस्रो दल सम्मिलित सरकार पनि जनतामा उत्साह पैदा गराउन असफल रह्यो।’
यसका साथै राप्रपाले सरकारलाई ७ बुँदे सहमतिको वाचा र संविधान संशोधनको प्रतिवद्धता स्मरण गराउँदै उक्त समझदारीप्रति गम्भीर हुन आग्रह गरेको छ।
त्यस्तै राप्रपाले सहकारी पीडितका समस्यामा गम्भीर बन्न सरकारलाई आग्रह पनि गरेको छ।
सहकारीको बचत रकम हिनामिना गर्ने जोकोहीलाई कानुनी कारबाही दायरामा ल्याउन पनि राप्रपाले सरकारलाई आग्रह गरेको हो।
साथै बचतकर्ताको बचत फिर्ता सुनिश्चित गर्न पनि राप्रपाले सरकारसँग माग गरेको छ।
विज्ञप्ति,
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।