• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ३०, २०८२ Thu, Oct 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

रामेछापमा प्रभावकारी बन्दै ‘एक विद्यालय एक नर्स’ कार्यक्रम

64x64
रासस मंगलबार, पुस ९, २०८१  १०:४९
1140x725

रामेछाप- जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी देखिएको छ । बागमती प्रदेश सरकारले सहयोगमा सञ्चालित कार्यक्रमबाट विशेष गरेर किशोरी धेरै लाभाविन्वत भएका छन् ।

मन्थली मावि कक्षा–९ की छात्रा सृष्टि तामाङले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम जिल्लाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने आफूहरूजस्ता किशोरीलाई बरदान बनेको बताइन् । सृष्टिजस्तै रामेछाप नगरपालिका–८ स्थित शारदा संस्कृत माविमा अध्ययनरत सोनिका कार्की र रोजिना शाही पनि आफूहरू महिनावारी भएका बेलामा विद्यालय नर्सले दिने स्यानिटरी प्याड र त्यसबेला दुख्ने गरेको तल्लोपेटको उपचारका कारण आफूहरूलाई त्यस अवधिमा विद्यालय जान कुनै अप्ठेरो नभएको बताउँछन् । उनीहरू यसअघि महिनावारी भएका बेला विद्यालय जाने गरेका थिएनन् ।

किशोरी छात्राहरू महिनावारी हुँदा विद्यालय नआउने, आए पनि बीचैमा कक्षा छाडेर घर जाने गरेका थिए । तर यो कार्यक्रम लागू भएपछि विद्यालय नर्स कार्यक्रमपछि छात्राहरूको कक्षामा नियमित उपस्थिति दर पनि बढेका शारदा संस्कृत मावि बावियाखर्कका प्रधानाध्यापक नारायणप्रसाद घिमिरेले बताए ।

कार्यक्रम लागू भएपछि विद्यार्थीको स्वास्थ्योपचारमा सहज हुनुका साथै विद्यार्थीको उपस्थिति दर पनि बढेकामा जिल्लाका शिक्षक खुसी छन् । दुई हजारभन्दा बढी विद्यार्थी रहेको मन्थली माविमा एक जना नर्सले भ्याउन मुस्किल भएकाले दुई जनासम्म भइदिए अझ सहज हुने अर्का प्रधानाध्यापक टङ्कप्रसाद दाहाल बताउँछन् ।

विद्यालय र विद्यार्थीको सरसफाइ एवं विद्यालयमा ‘जङ्क फुड’को अन्त्यलगायत बारेमा विद्यालय नर्सले विद्यार्थी र अभिभावकलाई जानकारी गराउने, सामान्य चोटपटक तथा अन्य आकस्मिक बिरामी हुँदा उपचार गर्न सहज हुने भएकाले विद्यालयमा यो कार्यक्रम प्रभावकारी भएको रुद्राक्षेश्वर मावि मुगिटारका प्रधानाध्यक हर्कबहादुर भुजेलले बताए ।

प्रदेश सरकारले जारी गरेको विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका, २०७६ अनुसार जिल्लाका प्लस टु सञ्चालन गरेका विद्यालयमा यो सेवा उपलब्ध गराउने प्रावधान भए पनि जिल्लाका सबै विद्यालयमा यो सेवा उपलब्ध भइसकेको छैन । केही विद्यालयमा कार्यक्रम लागू भए पनि नर्सहरूको दरबन्दी खाली हुँदा कार्यक्रम लागू भए पनि सेवा प्रवाहमा कठिनाइ भइरहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

जिल्लामा ९३ माध्यामिक तहका सामुदायिक विद्यालयमध्ये ४६ विद्यालयमा मात्र यो कार्यक्रम लागू भएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नेत्रप्रसाद गजुरेलले बताए । उनले भने,’यो कार्यक्रमले विद्यालय सेवा क्षेत्रभित्रका अभिभावकलाई पनि आवश्यक स्वास्थ्योपचारका लागि निकै सहज भएको छ ।’

उपचारका लागि र आकस्मिक रूपमा चोटपटक लाग्दा गाउँबाट टाढा रहेको स्वास्थ्यचौकीसम्म पुग्नुपर्ने समस्या हटेर नजिकैको माध्यामिक विद्यालयमा जाँदा पनि सामान्य उपचार सेवा प्राप्त हुने भएकाले आफूजस्ता अभिभावकका लागि यो कार्यक्रम निकै उपयोगी भएको मन्थली नगरपालिका–७ भटौलीका कृष्ण कार्की बताउँछन् ।

Ncell 2
Ncell 2

प्रदेश सरकारमार्फत लागू भएको यो कार्यक्रमले नगरको बालमैत्री नगर घोषणाका लागि आवश्यक स्वास्थ्य तथा सरसफाइका लागि निकै उपयोगी भएको र आफू कार्यरत विद्यालयमा पनि छात्रको तुलनामा सेवा लिन छात्रा नै बढी आउने गरेको शारदा संस्कृत माविकी स्टाफ नर्स श्रेस्ता दाहालले बताए ।

रामेछाप र मन्थली नगरपालिकाले २०८१ चैत मसान्तसम्ममा बालमैत्री नगर घोषणा गर्ने तयारी गरिरहेको वर्तमान अवस्थामा यो कार्यक्रमले पनि त्यसका लागि आवश्यक सूचक पूरा गर्न सहयोग गरिरहेको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले बताए ।

रामेछाप र मन्थली नगरपालिकाको सात–सातवटा सामुदायिक विद्यालय, लिखु तामाकोशी गाउँपालिकाका छवटा विद्यालय, खाँडादेवी गाउँपालिकाका आठवटा विद्यालय, सुनापति गाउँपालकाका सात, गोकुलगङ्गाका पाँच, दोरम्बा शैलुङका चार र उमाकुण्डका तीन गरी ४६ विद्यालमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन भइरहेको एकाइका प्राविधिक सहायक दिनेश नेपालीले बताए । जिल्लामा ५३ वटा विद्यालयमा दश जोड दुई कक्षा सञ्चालन भए पनि सबै सामुदायिक विद्यालयमा यो कार्यक्रम लागू भएको छैन ।

गुणस्तरीय पठनपाठनको अभावमा आफूहरूको आकर्षण सामुदायिक विद्यालयमा नभएको मन्थली नगरपालिका–१ का स्थानीय अभिभावक नारायण बस्नेत बताउँछन् । विद्यार्थी आकर्षण गर्न प्रदेश सरकारले विद्यालयमा दिवा खाजाको कार्यक्रम पनि ल्याएको छ । तर कक्षा ५ सम्ममात्र प्रतिविद्यार्थी रु १५ का दरले खाजाको रकम निकासा हुने भएपछि उक्त रकमले गुणस्तरीय खाजाको व्यवस्था गर्न समस्या भइरहेको नागकन्या मावि मन्थलीकी प्रधानाध्यापक सुमित्रा (खड्का) कार्की बताउँछिन् ।

गत वर्ष कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था गरिएको भए पनि यस वर्षदेखि कक्षा अपग्रेड गरी कक्षा ७ सम्म गर्नुपर्ने भए पनि कक्षा घटाएर कक्षा ५ सम्ममा झारेको र खाजाका लागि रु १५ रकम असाध्यै थोरै भएको प्रति अभिभावकको गुनासो छ । तर सबै माध्यामिक तहका सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम र आधारभूत तह (कक्षा १–८)सम्म विद्यार्थीलाई दिवा खाजाको कार्यक्रम सबै विद्यालयमा लैजान सके अभिभावकको सामुदायिक विद्यालयप्रतिको आकर्षण वृद्धि भई विद्यार्थी सङ्ख्यासमेत बढाउन सकिने मन्थली माविका पूर्वप्रअ गुञ्जबहादुर श्रेष्ठ बताउँछन् ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १०:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
अमेरिकाबाट फर्किए स्वर्गीय विपीन जोशीका आमा र बहिनी, विमानस्थलमै लिन पुगे इजराली राजदूत निराश मुद्रामा आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । बिहीबार, असोज ३०, २०८२
२१ कम्पनी कालोसूचीमा कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायहरूबाट कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने व्यवस्था गरिएको... बिहीबार, असोज ३०, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बिहीबार, असोज ३०, २०८२
ताजा समाचारसबै
सुन तोलाको साढे २ लाख कट्यो बिहीबार, असोज ३०, २०८२
अमेरिकाबाट फर्किए स्वर्गीय विपीन जोशीका आमा र बहिनी, विमानस्थलमै लिन पुगे इजराली राजदूत बिहीबार, असोज ३०, २०८२
पाकिस्तान र अफगान सरकारबीच ४८ घण्टे युद्धविराम बिहीबार, असोज ३०, २०८२
२१ कम्पनी कालोसूचीमा बिहीबार, असोज ३०, २०८२
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट बिहीबार, असोज ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा बुधबार, असोज २९, २०८२
एकीकृत समाजवादीलाई एकतामा आउन ओलीको प्रस्ताव बुधबार, असोज २९, २०८२
अमेरिकाबाट फर्किए स्वर्गीय विपीन जोशीका आमा र बहिनी, विमानस्थलमै लिन पुगे इजराली राजदूत बिहीबार, असोज ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्