काठमाडौं– शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सरकारले सार्वजनिक गरेको छ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमार्फत शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेका १९ निर्णय सार्वजनिक गरेका हुन्।
निर्णय सूची अनुसार सरकारले कान्ति बाल अस्पताल विकास समितिको अध्यक्ष पदमा कास्कीका श्रीराम सुवेदीलाई मनोनयन गरेको छ पाखरिया अस्पताल पर्सालाई ५० शय्याको अस्पतालमा स्तरोन्नती गरेर मधेश प्रदश सरकारलाई हस्तान्तरण गर्ने स्वकिृत दिएको छ।
बैठकले सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषको लागि नेपाल राष्ट्र बैंक, सवारी साधान बिक्री गर्ने व्यवसायीको लागि यातायात व्यवस्था विभाग र इन्भेष्टमेन्ट कम्पनीको लागि नेपाल धितोपत्र बोर्डलाई सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोक्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।