धनगढी– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीका सबै नेता तथा कार्यकर्तालाई समान व्यवहार हुनुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल प्रजातन्त्र सेनानी सङ्घको आज आयोजित प्रथम अधिवेशनमा उनले पार्टीमा कसैलाई काखा र कसैलाई पाखा नगरी सबैलाई न्यायपूर्ण व्यवहार गर्नुपर्छ भनेका छन्। पार्टीका धेरै नेता कार्यकर्ताले आफूहरुले न्याय नपाएको गुनासो गरेका बताए।
नेता कोइरालाले भने,“पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्छ।”
त्यस अवसरमा कांग्रेसका नेता डा सुनिल शर्मा, सञ्जयकुमार गौतम, हृदयराम थानी, डा गोविन्द पोखरेल, नेपाल प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहाललगायत वक्ताले पार्टी सङ्गठन विस्तार एवं एकतामा जोड दिएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।