काठमाडौं– विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको छैटौं चरणमा अहिले नेपाल र हङकङबीच प्रतिस्पर्धा भइरहेको छ। हङकङको टिन कङ रिक्रिएसन मैदानमा टस जितेको नेपालले बलिङ गरिरहेको छ।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट तथा बसन्त रेग्मीले २ विकेट लिए। १ विकेट करण केसीले हात पारेका छन्। करण केसीले हङकङका ओपनिङ ब्याट्सम्यान अंशुमान राथलाई शून्य रनमा आउट गरे यस्तै बाबर हायत २९ रनमा रनआउटको सिकार भए। उनलाई नेपालका दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका हुन्। सन्दीप लामिछाने २ तथा बसन्त रेग्मीले १ लिएका छन्।
सन्दीपले निजाकत खानालाई १२ रनमा विनोद भन्डारीबाट स्टम्ट आउट गराए। बसन्तले वाकात खानलाई १४ रन बनाएर खेलिरहदा पेभेलियनको बाटो देखाए। सन्दीपले साइद वासिफ र एइजाज खानलाई पनि आउट गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।