काठमाडौं– नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आगामी चैत मसान्त भित्रमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ।
१२ औं सचिवालय बैठकले चैत मसान्तभित्र २४ औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले बताए।
त्यस्तै, त्रिविले तोकेकै मिति फागुन १५ गते स्ववियु निर्वाचन सम्पन्न गराउन पनि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरि दबाब सिर्जना गर्ने पनि निर्णय गरिएको पौडेलले बताए।
त्यस्तै, त्रिविमा स्ववियु सचिव सिधान्त भट्टले ३५ बुँदे विश्वविद्यालय सुधारको लागि राखेको धर्नाका माग अविलम्ब पूरा गर्न पनि अनेरास्ववियुले ध्यानाकर्षण गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।