काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा व्यवस्थामात्र बदलिएको नभएर देशको अवस्थासमेत फेरिइसकेकाले अब फाइलमा अल्झिने नभएर डिजिटलाइज सेवामा पुगिसकेको दावी गरेका छन्।
आज ललितपुर महानगरपालिकाकाे १०६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले व्यवस्था पनि बदलिएको र अवस्था पनि बदलिएको बताए। उनले भने, ‘अहिले काम पाइरहेका छन्, मान्छेहरू व्यवस्था बदलियो, अवस्था बदलिएन भन्छन् म भन्छु- व्यवस्था पनि बदलियो, अवस्था पनि बदलियो, पहिला केही काम पर्दा कोठा-कोठा जानुपर्ने र फाइल अल्झिने झन्झट थियो तर अहिले त्यो अवस्था छैन, डिजिटलाइज सर्भिसमा पुगिसकेका छौं।’
उनले ललितपुर महानगरपालिका सांस्कृतिक शहर, धेरै विविधता भएको र लामो समयदेखि आफ्नै चाडपर्वले सुसज्जित शहर रहेको पनि बताए। यस्तै उनले अहिले एकताको आवश्यकता रहेको बताएका छन्। परस्परमा घृणा फैलाउने हाम्रो मौलिकता नभएको भन्दै एक अर्कामा मायाँ र सदभावको खाँचो औंल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।