काठमाडौं– नेकपा एकीकृत समाजवादीले जन सरोकारका विषयलाई सशक्त ढंगले उठाउने भएको छ।
जारी स्थायी समिति बैठकमा महासचिव घनश्याम भुसालले पेस गरेको ‘आन्दोलनद्वारा पार्टी निर्माण गरिने’ शीर्षकको कार्ययोजना पारित गर्दै संगठन निर्माण र जनजीविकाका मुद्दा सशक्त ढंगले उठाउने निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए।
‘महासचिवले पेस गरेको कार्ययोजनामामाथिको छलफलमा सदस्यहरूले राखेका सुझाव समेट्दै कार्ययोजना पास भएको छ’, उपमहासचिव भट्टराईले भने, ‘भोलिको बैठकले नेताहरूको कार्यविभाजन नि टुंगो लगाउँछ।’
कार्ययोजनाअनुसार एकीकृत समाजवादीले आगामी दिनमा सैद्धान्तिक, वैचारिक र सांगठानिक कामलाई तीव्रता दिनेछ।
जनताका ज्वलन्त समस्या पहिचान गर्ने र ती समस्या अघि सारेर आन्दोलनलाई उठान गर्ने कार्ययोजनाको सार रहेको भट्टराईको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।