काठमाडौं– नेकपा एकीकृत समाजवादीले तत्काल कुनैपनि पार्टीसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको छ।
उपाध्यक्ष एवं प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार स्थायी कमिटी बैठकले अहिले कुनै पार्टीसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको हो ।
‘सबैसँग सहकार्य गर्न तयार छौं, तर कुनै पार्टीसँग एकता गर्ने संभावना नरहेको जानकारी गराउँछौ’, खतिवडाले भने ।
भोलि सकिने स्थायी कमिटीले तत्काल कुनै पार्टीसँग एकता संभावना नरहेको निर्णय गर्ने उनले बताए । माओवादी केन्द्र सहितको समाजवादी मोर्चामा एकीकृत समाजवादी रहेकाले बेलाबेला पार्टी एकताको चर्चा हुने गरेको छ ।
तर त्यस्तो चर्चाको खण्डन हुनेगरी एकीकृत समाजवादीले तत्काल कुनैपनि कम्युनिष्ट पार्टीसँग एकताको संभावना नरहेको निष्कर्ष निकालेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।