काठमाडौं – जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक सुरु भएको छ।
केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा मंसिर २८ र २९ गतेका लागि बोलाइएको बैठक भोलि शनिबारसम्म चल्ने बताइएको छ।
बैठकमा उपनिर्वाचनको समीक्षा र पार्टी नेतृत्वको भूमिकाबारे छलफल हुने प्रचार विभागले जनाएको छ। त्यस्तै, ‘जनतासँग जसपा नेपाल, संगठन बिस्तार अभियान’ को समीक्षा पनि बैठकमा हुने बताइएको छ।
यसका साथै पार्टीको आगामी संगठनात्मक कार्यदिशा र पार्टीको निजी भवन निर्माणबारे पनि बैठकमा छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।