पोखरा- सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामीछानेलाई अदालत उपस्थित गराइएको छ।
म्याद थपका लागि रविलाई जिल्ला अदालत कास्की उपस्थित गराइएको हो।
पछिल्लो पटक मंसिर २३ गते जिल्ला अदालत कास्कीले चार दिन म्याद थप गरेको थियो। मंगलबार वीरगञ्ज लगेर उनलाई बुधबार पोखरा ल्याइएको छ।
रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी)सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाई र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि अदालत लगिएको छ।
उनीहरुलाई पनि रविकोसँगै चार दिन म्याद थप भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।