काठमाडौं– सहकारी ठगी मुद्दामा बयानका लागि वीरगन्ज लगिएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आजबाटै शुरु हुने भएको छ।
सोही मुद्दामा त्यहाँ लगिएका पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र रामबहादुर खनालको बयान सोमबार नै सकिएको जिल्ला प्रहरी स्रोतले जनाएको छ। जोशी र खनाललाई आजै जहाजको सिमरा-काठमाडौं उडान हुँदै पोखरा पठाउने तयारी छ।
जिल्ला सरकारी वकिलको कार्यालय स्रोतले जनाएअनुसार रविको बयान भोलिसम्म सकिन्छ। बयानपछि उनलाई पनि सिमराबाट काठमाडौं हुँदै पोखरा पठाउने तयारी छ।
वीरगन्ज महानगरपालिका-६, आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट अवैध तवरले गोर्खा मिडिया नेटवर्क प्रालिमा ८ करोड ५८ लाख ४४ हजार रुपैयाँ प्रवाह गरिएको मुद्दामा उनीहरूमाथि अनुसन्धान भइरहेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।