काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग गरेको बीआरआई सम्झौतामा ठिक रहेको दाबी गरेका छन्।
एमालेका अध्यक्ष समेत रहेका ओलीले झापाको बिर्तामोडमा एमालेका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बीआरआई चीनले अरु देशहरुलाई गर्ने सहयोग अघि सारेको परियोजना भएकाले ऋण, अनुदान, सहकार्य र संयुक्त लगानी पनि हुनसक्ने बताए।
उनले बीआरआईबारे नुबझेरै धेरै जना कराएको टिप्पणीसमेत गरेका छन्। उनले भने, ‘बीआरआईबारे नबुझेर धेरै कराएका छन्। यो ऋण हो कि अनुदान हो? भन्दै कराएका छन्। बीआरआई चीनले अरु देशहरुलाई गर्ने सहयोग विकासमा गर्ने सहयोग त्यो ऋण पनि हुनसक्छ, त्यो अनुदान पनि हुनसक्छ, सहकार्य, संयुक्त लगानी पनि हुनसक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।