काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली चार दिने चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।
उनीसहितको प्रतिनिधिमण्डल भर्खरै त्रिभुवन विमानस्थलमा अवतरण भएको छ।
प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय बिमानस्थलबाट विदाइ गरेका थिए।
प्रधानमन्त्रीको भ्रमणमा नेपाल र चीनबीच ९ बुँदे सम्झौता हुनुका साथै बीआरआइको फ्रेमवर्कमा समेत हस्ताक्षर भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।