काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब माओवादीले कसैको वैशाखी नटेकी जनताको बलमा आफ्नो एजेण्डा र अभियान अघि बढाउने बताएका छन्।
गणतन्त्र सेनानी कोषले आज आयोजना गरेको ‘गणतन्त्र सेनानी सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशमा नयाँ क्रान्तिको लडाईँमा आफु अगाडि बढिसकेको बताएका हुन्।
नयाँ क्रान्तिका लागि विभाजित माओवादी धारलाई एकताबद्ध गर्दै आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै उनले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको सुरुआत गरिसकिएको स्पष्ट पारेका छन्।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले क्रान्तिको एक चरण पूरा भएको उल्लेख गर्दै अबको सङ्घर्षको स्वरुप सुशासन र भ्रष्टाचारविरुद्ध केन्द्रित भएको बताए। विधि र पद्धतिका आधारमा पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले पार्टीलाई पुनर्गठित गरेर लैजानुपर्ने आवश्यकता औँल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।