• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

श्रमिक महिलाहरुको राष्ट्रिय सम्मेलन: सामाजिक र कानुनी सुरक्षामा जोड दिँदै गरियो सम्पन्न

64x64
नेपाल लाइभ बुधबार, मंसिर १९, २०८१  १५:११
1140x725

काठमाडौं- श्रमिक महिलाको राष्ट्रिय सम्मेलन भएको छ। 

श्रमिक महिलाको सामाजिक  र कानुनी सुरक्षामा जोड दिँदै सम्मेलन सम्पन्न भएको हो। 'हाम्रो श्रम, हाम्रो पहिचान: लैङ्गिक समानताको अभियान' नारासहित देशभरीका श्रमिक महिलाहरुको  राष्ट्रिय सम्मेलन  काठमाडौंमा गरिएको हो। 

सम्मेलनले  घोषणापत्र जारी  गरेको छ । सम्मेलनमा महिलाहरुले आफ्नो श्रमको सम्मान, पहिचान र सुरक्षा नहुँदा जीविकोपार्जन निकै कठिन बन्दै गएको अनुभव सुनाएको आयोजक संस्था महिलाको निम्ति महिला मञ्च नेपालकी संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक गोमावती पुन सिर्जनाले बताइन्। 

मञ्चका साथै शक्ति समूह, तरङ्गिणी फाउण्डेसन, पौरखी नेपाल, परिवर्तनको लागि सहकार्य नेपाल, परिवर्तनका लागि समावेशी कदम नेपाल, अधिकार र पहिचानका लागि अभियान सञ्जाल, पहिचान सञ्जाल, नेपाल महिला एकता समाज, स्वासा नेपाल, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल गरी १२ वटा सङ्‌घसंस्थााको संयुक्त सहकार्यमा  सम्मेलन भएको थियो।
सम्मेलनमा मनोरञ्जिन तथा सत्कार क्षेत्र, घरेलु श्रम क्षेत्र, निर्माण क्षेत्र, यौनश्रम क्षेत्र , सडक श्रम क्षेत्र, आप्रवासी श्रम र कृषि श्रम क्षेत्र गरी ७ वटा श्रम क्षेत्रमा सक्रिय सातै प्रदेशका ३०० भन्दा बढी श्रमिक महिलाको सहभागिता रहेको थिय ।  यी ७ वटा क्षेत्रमा कार्यरत श्रमिक महिलाले  सम्मेलनका क्रममा सम्पन्न महिला इजलासमा आफू सम्बद्ध श्रम क्षेत्रमा भोग्दै आएको समस्या, चुनौती र राज्यद्वारा उनीहरुमाथि गरिएका दुर्व्यवहार, हिंसालगायतका उनीहरुको भोगाइ सुनाएका थिए ।

इजलासको अन्त्यमा ५ सदस्य इजलास समितिले इजलासमा आएका श्रमिकहरुको समस्या र चुनौतीहरु समाधानका लागि फैसला सुनाएका थिए । फैसलाद्वारा सामाजिक सुरक्षा कोषको व्यवस्थाु हुनुपर्ने, निशुल्क कानूनी सहायताको व्यवस्था, प्रभावकारी नियमन, अनुगमन संयन्त्र को व्यवस्थाु, स्थानीय सरकार सञ्चाालन ऐन, २०७४ को प्रभावकारी कार्यान्वनयन, श्रमजीवी महिलाहरुप्रति डान्स रेष्टुरेन्ट डान्सबार जस्ता कार्यस्थलमा हुने यौन उत्पिडन नियन्त्रण गर्न जारी गरिएको निर्देशिका २०६५ को व्यवस्थालाई परिमार्जन गरी लागु गर्नुपर्ने, मनोरञ्ज्न तथा सत्कारर क्षेत्र विषेश प्रकृतिको र असंगठित क्षेत्र भएकोले यस सम्बन्धमा छुट्टै नियमावली बनाउनु पर्ने, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रमा स्थानीय सरकारले रात्रीकालीन यातायात सेवाको पहुँचको सुनिश्चितता गर्नुपर्ने लगायतका प्रमुख सवालहरु उठान गरिएको थियो। 
साथै वडा कार्यालय तथा न्यालयिक समिति प्रभावकारी हुनुपर्ने, श्रमडेस्केको व्यवस्थाे गरी श्रमिकहरुको पञ्जिाकरण गरिनु पर्ने, व्यवस्थिित रुपमा सरकारी तथ्याेङ्कक राखिनु पर्ने, श्रमिकहरूको प्रजनन् स्वास्थ्या अधिकार, सामुदायिक शिशु स्याहार केन्द्रको व्यवस्थाा हुनु पर्ने, कानूनमा उल्लेख गरिएको वेश्यावृत्ति शब्दलाई विस्थापित गरी यौनश्रम शब्द प्रयोग गरिनु पर्ने, सरकारी निकायमा मनोसामाजिक विमर्शको व्यवस्था गरिनु पर्ने लगायतका सुझावहरु आएका थिए ।  

Ncell 2
Ncell 2
nimb
nimb

केन्द्रीय तथ्याङ्क विभागको सन् २०१९ को एक प्रतिवेदनअनुसार कुल श्रम शक्तिको ६२.२% भन्दा धेरै ( करिब ४४ लाख) नेपालीहरु अनौपचारिक क्षेत्रमा संलग्न रहेको देखाएको मञ्चले जनाएको छ  । विभिन्न प्रतिवेदनहरुले अगाडि ल्याएको तथ्याङ्कहरुलाई आधार मान्दा नेपालको अर्थतन्त्रको करिब आधा हिस्सा अनौपचारिक अर्थतन्त्रले ओगटेको छ ।  त्यसैले अनौपचारिक अर्थतन्त्र र यसमा संलग्न अनौपचारिक श्रम क्षेत्र नेपालको अर्थतन्त्रको प्रमुख मेरुदण्डको रुपमा रहेको छ । यसैगरी राष्ट्रिय श्रमशक्ति सर्वेक्षण २०१७/१८ का अनुसार नेपालमा ९०.५ प्रतिशत महिलाहरु असंगठित क्षेत्रमा कार्यरत छन् । 

'कामको पहिचान र सम्मान नभएका कारण यस क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरु यौनजन्य हिंसा, सामाजिक लाञ्छना, ज्यालामा असमानता जस्ता समस्याहरु भोग्न बाध्य छन् । महिलाले गर्ने श्रमकै आधारमा उनीहरुमाथि सामाजिक रुपमा विभेद हुँदै आएको छ,' कार्यक्रमपछि पुन हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,  'जसले गर्दा श्रमिक महिलामाथि हुने हिंसाको जोखिमलाई अझ बढाएको छ । नेपालको सन्दर्भमा अनौपचारिक क्षेत्रमा रोजगार गर्ने पुरूषको तुलनामा महिलाको सङ्ख्या बढी छ । तर महिलालाई हेर्ने विभेदकारी दृष्टिकोण र विद्यमान सामाजिक सांस्कृतिक परम्पराका कारण महिलाले गर्ने घरेलु कामलाई सेवामूलक कामका रूपमा मात्र लिइएको छ भने अन्य क्षेत्रको श्रमलाई पनि मर्यादित श्रमका रूपमा स्वीकार गरेको अवस्था छैन।'

महिलाको श्रमको मूल्याङ्कनको वातावरण निर्माण हुन नसकेको,  महिलाको स्वतन्त्र रूपमा काम गर्न पाउने अधिकार कुण्ठित हुनुका साथै महिलाले गर्ने श्रमको सामाजिक र आर्थिक रूपमा गणनासमेत हुन नसकेको सम्मेलनको निष्कर्ष छ। 'श्रमिक महिलाले आफूले चाहेको र रोजेको काम सम्मानपूर्वक गर्न सक्ने अवस्था छैन । महिलाको श्रमलाई हेर्ने फरक दृष्टिकोणका कारण महिलाहरूमाथि श्रम शोषण, यौन शोषण, हिंसा, विभेद र दुर्व्यवहार भइरहेको छ । यी क्षेत्रमा हालसम्म कुनै पनि श्रमिक महिलाको सामाजिक सुरक्षा र कानूनी सुरक्षा हुनसकेको छैन,' विज्ञप्तिमा भनिएको छ,  'श्रम ऐन २०७४ ले केही हदसम्म अनौपचारिक श्रमलाई औपचारिक दायरामा ल्याउने प्रयास गरेको छ । तर व्यावहारिक कार्यान्वयनको पाटोमा यो व्यवस्था नै पर्याप्त छैन । आम नागरिक, सरोकारवाला निकाय र अधिकारवाला निकायमा समान बुझाइको खाँचो रहेको ठहर सम्मेलनले गरेको छ।'

Xtrem
Xtrem

 
 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १५:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीमा १ हजार ४५३ शव फेला, ४ हजार ७१८ जना अझै बेपत्ता
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीमा १ हजार ४५३ शव फेला, ४ हजार ७१८ जना अझै बेपत्ता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान आइतबार, असोज ११, २०८३
सप्तरीमा ५०० घर डुबानमा आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा शनिबार, असोज १०, २०८३
महाधिवेशन उद्घाटनमा कांग्रेसले बोलायो रवि, ओली र प्रचण्डलाई शनिबार, असोज १०, २०८३
जापानलाई नेपालको विशाल लक्ष्य, वर्षाले खेल रोकियो शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्