काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)समर्थक र प्रहरीबीचको मुठभेडले चितवन तनावग्रस्त भएको छ।
जिल्ला प्रहरी कार्यलय अगाडि रास्वपा समर्थकले प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो।
सुरुमा प्रदर्शनकारीले आफूहरुमाथि ढुंगा प्रहार गरेको प्रहरीको दावी छ। आफूहरुले संयम अपनाउँदा अपनाउँदै ढुंगा प्रहार भएपछि बल प्रयोग गरिएको चितवनका एसपी गौतम मिश्रले बताए।
प्रदर्शनकारीको ढुंगा लागेर २० भन्दा बढी प्रहरी घाइते भएको उनको दावी छ।
प्रहरीले प्रदर्शन नियन्त्रण गर्ने क्रममा लाठी चार्ज गर्नुका साथी पानीका फोहरा र अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनकारीतर्फ पनि दर्जनौं घाइते भएका छन्, तर यकिन विवरण आएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।