काठमाडौं– कीर्तिपुरको स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ। मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले आफ्नो अग्रतालाई कायमै राखेका छन्।
डंगोलले ३ हजार ३८५ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवारभन्दा डंगोल ६५९ मतले अगाडि छन्। एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धरले २ हजार ७२६ मत प्राप्त गरेका छन्।
यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले २ हजार ३१७ मत प्राप्त गरेका छन् ।
केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राजमान महर्जनले १ हजार २०७ मत प्राप्त गरेका छन्। उनलाई धरानका मेयर हर्क साम्पाङले समर्थन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।