विराटनगर– नेपाली कांग्रेसको विरासतको रूपमा परिचय बनाएको ग्रामथान गाउँपालिकामा माओवादी केन्द्रले जित निकालेको छ।
प्रतिनिधिसभा निर्वाचनमा लगातार सो क्षेत्रबाट माओवादीका अमनलाल मोदीले जित निकाल्दै आएको भए पनि पालिकामा भने माओवादीले आज सम्म जित्न सकेको थिएन।
यस पटक भने कांग्रेसका बलराम सरदारलाई भारी मतले पछि पार्दै माओवादीका उम्मेदवार नमोनारायण माझी विजयी भएका हुन्।
निर्वाचनको मुखमा काङ्ग्रेसबाट असन्तुष्ट हुँदै माओवादीमा प्रवेश गरेका माझीले ६९७९ मत ल्याएका छन्। काँग्रेसका बलराम सरदारले ५३३३ पाएका छन्।
२०७४ को निर्वाचनमा पालिका अध्यक्ष जितेको एमाले भने तेस्रो स्थानमा खुम्चिएको छ। एमालेबाट उम्मेदवार बनेका तुलसीराम विश्वासले ४१५९ मत पाए।
मोरङको ग्रामथान गाउँपालिका तत्कालीन बनिगाँमा, मोतीपुर, लखन्तरी, झोराहाट, तेरीयता गाविस मिलेर बनको हो। मोरङको क्षेत्र नम्बर ४ मा पर्ने सो पालिका समेत रहेको छ।
यहाँबाट लगातार अमनाल मोदी विजयी हुँदै आएका छन्। त्यो भन्दा पहिला भने काँग्रेस नेता महेश आचार्यले निर्वाचन जित्दै आएका थिए।
७९ को निर्वचनमा एमालेको ६ हजार ७६३ मत ल्याएको छ। उपाध्यक्षसमेत एमालेले जितेको ग्रामथानमा वडामा आएको मत हेर्दा काँग्रेसले दोस्रो मत पाएको छ। काँग्रेसको ५ हजार ५३७, माओवादी केन्द्रको २ हजार ६६५ मत आएको थियो।
०७४ मा पालिका अध्यक्ष एमालेले जितेको थियो। ०७४ मा एमालेका शिवनारायण माझी थारुले चार हजार ७२०, मधेसी जनअधिकार फोरम, नेपाल ९लोकतान्त्रिक० का जयप्रकाश गच्छदार थारुले चार हजार ६६१ र काँग्रेसका कृष्णकुमार सरदार थारुले तीन हजार १४३ मत प्राप्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।