काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित शेषमती लामबगर शान्तिटोल गेट नजिकै बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा नुवाकोटको ककनी गाउँपालिका–५ बस्ने ५० वर्षीय सन्च बहादुर लामा र नुवाकोटकै तादी गाउँपालिका–१ का ५८ वर्षीया सुन्तरी ओझा छन्।
उनीहरू शनिबार बिहान बसको ढोकाबाट खसेका थिए। ढोकाबाट खसेपछि गम्भीर घाइते भएका उनीहरूको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, बसका सह–चालक पनि बसबाट खसेर घाइते भएका छन्। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। चालक भने फरार छन्।
फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।