• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बूढीगण्डकी गेजुवालाई दिने निर्णयप्रति कांग्रेस - ‘पर्दा पछाडि’ गरिएको सम्झौता सरासर गलत

64x64
नेपाल लाइभ शुक्रबार, असोज १२, २०७५  ०१:१९
1140x725

राष्ट्रिय गौरवको जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजनालाई विवादित चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कम्पनी (सिजिजिसी)लाई दिने मन्त्रिपरिषद्को निर्णयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले चर्को विरोध जनाएको छ।

_x000D_ _x000D_

बिना प्रतिस्पर्धा अपारदर्शी ढंगले विवादित कम्पनीलाई निर्माण अधिकार दिएको भन्दै कांग्रेसका नेताहरुले सरकारी निर्णयको विरोध गरेका हुन्। आन्तरिक श्रोतबाट नै आयोजना सम्पन्न गर्न सकिने कांग्रेस नेताहरुको दाबी छ।

_x000D_ _x000D_

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले देशलाई आर्थिक भार थपिनेगरि बिना प्रतिस्पर्धा बूढीगण्डकी आयोजनाको निर्माणको अधिकार गेजुवालाई दिएको भन्दै आपत्ती जनाए। महतले ‘पर्दा पछाडि’ गरिएको निर्णय सरासर गलत भएको बताए। महतले भने, ‘ यसले गर्दा कानुनी र आर्थिक रुपमा पनि आयोजनालाई अत्यन्तै महँगो बनाउँछ।’ इन्जिनियरिङ, फाइनान्सिङ, निर्माण सबैको जिम्मेवारी गेजुवालाई दिइएको ‘इपिसिएफ’ मोडल त्रुटिपूर्ण रहेको उनको ठहर छ।

_x000D_ _x000D_

नेपाली कांग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले सरकारको नियत आयोजनाको लागत बढाउने, उच्च ब्याजदरमा वित्तीय व्यवस्थापन गरी चलखेल हुने सम्भावना रहेको दाबी गरे। केपी ओली सरकारले बूढीगण्डकी निर्माण अधिकार गेजुवालाई अपारदर्शी ढंगले बिना प्रतिस्पर्धा सुम्पिन लागेको भन्दै उनले आपत्ति जनाएका। नेता महतले गेजुवाले चमेलीजस्तो सानो आयोजना सम्पन्न गर्नका लागि लगाएको खर्च र समयको सरकारलाई स्मरण गराए।

_x000D_ _x000D_

बुधबारको प्रतिनिधीसभाको बैठकमा बोल्दै कांग्रेस युवा नेता गगन थापाले सरकारी निर्णयको आलोचना गरेका थिए। आठ महिनाअघि खारेज गरिएको सन्दर्भ र हालको परिस्थिति उस्तै रहेको भन्दै नेता थापाले ‘किन गेजुवालाई पुनः दिइयो?’ भन्दै प्रश्न गरे। वृस्तत अध्ययनका लागि मात्रै १ अर्ब रुपैयाँ खर्च भएको जनाउँदै उनले सार्वजनिक खरिद ऐन मिचेर असफल गेजुवालाई निर्माण अधिकार दिएको भन्दै आपत्ती जनाएका हुन्।

_x000D_ _x000D_

१ हजार २ सय मेघावाट क्षमताको आयोजना निर्माणको सर्वाधिकार विवादित चिनियाँ कम्पनी गेजुवालाई दिने असोज ५ को मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो।

_x000D_ _x000D_

गेजुवालाई दिने निर्णयमा पटक–पटकको लुकामारी

_x000D_ _x000D_

विवादित कम्पनी भएकै कारण यसअघिका सरकारले गरेका निर्णयहरु विवादमा परेपछि निर्णयहरु फिर्ता हुँदै आएका थिए। विगतका सरकारले गेजुवालाई अयोग्य ठहराई निर्णय बदर गर्दै आएपनि प्रधानमन्त्री केपी शर्मा ओली सरकारले भने पुनः गेजुवालाई जिम्मेवारी दिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

प्रधानमन्त्रीले उर्जा मन्त्री वर्षमान पुनलाई ‘बाइपास’ गरी मन्त्रिपरिषद्बाट निर्णय गराएका थिए। गत बैसाखमा पत्रकार सम्मेलन गरी उर्जा मन्त्री पुनले श्वेतपत्र सार्वजनिक गर्दै सो आयोजना निर्माणका लागि टेन्डर आहृवान गर्ने बताएका थिए। तर, प्रधानमन्त्रीको रुचीले बूढीगण्डकी आयोजना पुनः विवादमा फसेको छ। पछिल्लो समय बिना प्रतिस्पर्धा गेजुवा नै किन रोजियो भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेसले आवाज उठाएको छ।

_x000D_ _x000D_

तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको समयमा गेजुवालाई नै बूढीगण्डकी निर्माणको अधिकार दिइएको थियो। गेजुवालाई निर्माण अधिकार दिएसँगै  संसद र बाहिर पनि चर्को विरोध भएको थियो। सार्वजनिक लेखा समितिले अनियमितता भएको ठहर गर्दै छानबिनको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सिफारिससमेत गरेको थियो। आर्थिक चलखेलका लागि सरकारबाट बाहिरिने समयमा  प्रचण्ड सरकारले गेजुवासँग सम्झौता गरेको भन्दै त्यसमा विवाद भएको थियो।

_x000D_ _x000D_

साथै आर्थिक र कृषि एवम् जलश्रोत समितिले सम्झौता खारेज गर्न निर्देशनसमेत दिएको थियो। कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा पूर्व सरकारको निर्णय खारेज गरिएको थियो। २०७४ कार्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गेजुवासँग भएको सम्झौता खारेज गरेको थियो।

_x000D_ _x000D_

आन्तरिक स्रोतबाट सम्भव छ बूढीगण्डकी?

Xtrem

Xtrem
_x000D_ _x000D_

बूढीगण्डकी निर्माणको लागि नेपालले नै सुरु गर्नुपर्ने पूर्व अर्थमन्त्री महतको मत छ। आयोजनाको ‘भिभिल वर्क’ नेपाली पैसाबाट नै गर्न सकिने उनले दाबी गरे। महतले थपे, ‘इलेक्ट्रोमेकानिकल इक्विपमेन्टको लागि ऋण लिनुपरे चीन वा भारत जुनसुकै मुलकबाट पनि लिन सकिन्छ।’

_x000D_ _x000D_

लगानीको सुरुवात नेपाल आफैंले गरी ‘सिभिल वर्क’को लागि पनि मूलुककै खर्च हुनुपर्ने महतको मत छ। अन्य कामका लागि लगानी अभाव भएमा एक्जिम बैंकको सहयता लिन सकिने उनले विकल्प सुझाए।

_x000D_ _x000D_

पेट्रोलियम पदार्थमा लगाइएको करले पनि आन्तरिक स्रोत मजबुत हुँदै गएको महतको तर्क छ। वैदेशिक सहायता केही अंश मात्रै लिए हुने अवस्था सिर्जना हुँदै गएको उनले बताए। अहिलेको मोडल गलत भएको आरोप लगाउँदै उनले भने ‘आवश्यक परे सफ्ट लोन लिन सकिन्छ।’

_x000D_ _x000D_

कांग्रेसका अर्का नेता गगन थापाले बिना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई निर्माणको सर्वाधिकार दिएकोप्रति रोष व्यक्त गर्दै भन्छन्, ‘प्रतिस्पर्धाको आधारमा छनौट हुन्छ भने चिनियाँ कम्पनीलाई दिए हुन्छ।’ आफै ऋण लिने क्षमता हुँदाहुँदै ‘ऋण पनि तिमी नै ल्याइदेउ भन्दै सम्झौता किन गरिएको?’ भन्दै उनले सरकारलाई प्रश्न गरे। ड्याम घटाए लगानी घट्ने थापाको तर्क छ। उनले २ सय ७० अर्ब अनुमानित लगानीमा निजी कम्पनीले बनाउन नसक्ने अध्ययन समितिको निष्कर्ष सरकारलाई स्मरण गराए।

_x000D_ _x000D_

योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णीम वाग्लेको अध्ययन समितिले दिएको सुझाव प्रतिवेदनका आधारमा नेपालभित्रै लगानी जोहो गर्न सकिने सुझाए। आयोजनाका लागि निजी तथा वित्तीय संस्थाले लगानी गर्ने र अपुग रकम सरकारले थप्ने समितिको अध्ययन प्रतिवेदन नै उपयुक्त हुने थापाले सरकारलाई सुझाव दिए।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०७५  ०१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा : नेपाल–चीन व्यापारमा असर पर्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार शुक्रबार, असोज ९, २०८३
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो शुक्रबार, असोज ९, २०८३
कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा : नेपाल–चीन व्यापारमा असर पर्ने शुक्रबार, असोज ९, २०८३
प्रतिकूल मौसमले हवाई उडान प्रभावित शुक्रबार, असोज ९, २०८३
भारी वर्षाको जोखिमबीच स्वास्थ्य क्षेत्र उच्च सतर्क, स्वास्थ्यकर्मी र र्‍यापिड रेस्पोन्स टिम तयारीमा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्