• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अब सडक, सम्पदा, फुटपाथ र फोहोरको निगरानी कोठाभित्रबाटै

64x64
नेपाल लाइभ शुक्रबार, असोज १२, २०७५  ००:३०
1140x725

काठमाडौं- गतवर्ष असोज २३ गते निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको बानेश्वरमा गोली हानी हत्या भयो। हत्या कसले, किन गर्‍यो प्रहरीले तत्काल पत्ता लगाउन सक्ने अवस्था थिएन।

_x000D_ _x000D_

अनुसन्धानमा खटिएको प्रहरीले फेला पार्‍यो, गौचनलाई गोली हानिएको सिसीटिभी फुटेज। गोली हानेर हत्यारा मोटरसाइकलको पछाडि बसी भाग्दै गरेको सिसीटिभी फुटेजमा देखिन्थ्यो। हत्याराले टोपी, ज्याकेट फालेर हुलिया बदलेको समेत सिसीटिभी फुटेजबाट पत्ता लाग्यो। सिसीटिभीकै सहायताले ३६ दिनपछि पक्राउ परे सुटर राजीव स्याङ्तान सहित पाँचजना। 

_x000D_ _x000D_

यो त एउटा प्रतिनिधि घटना मात्रै हो। सिसीटिभीको सहायताले धेरै अपराधी पक्राउ परेका छन्। अपराध गर्नेलाई उम्किन नदिन महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले सिसीटिभीबाट निगरानी गरिरहेको छ। काठमाडौं उपत्यकाका ४ सय ८५ सिसी क्यामेरामार्फत आयुक्त कार्यालयले निगरानी गरिरहेको छ। त्यस्तै अन्य प्रहरी कार्यालयले सिसीटिभी मार्फत निगरानी गरिरहेका छन्।

_x000D_ _x000D_

अहिले काठमाडौं उपत्यकामा जोडिएका क्यामेरा पर्याप्त नभएको भन्दै नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको संयुक्त पहलमा १९ सय भन्दा बढी सिसी क्यामेरा जडान गर्न गृहकार्य सुरु भइसकेको छ। 

_x000D_ _x000D_

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रहरीको सञ्चार निर्देशनालयका प्रमुख डिआइजी डा. राजीव सुब्बाको समन्वयमा गठन भएको सिसी क्यामेरा जडान अध्ययन समितिले काम सुरु गरेको छ। 

_x000D_ _x000D_

समितिमा काठमाडौंका महानगरपालिकाको तर्फबाट धु्रव काफ्ले, महेश काफ्ले र राम सापकोटा छन् भने नेपाल प्रहरीको तर्फबाट प्रहरी निरीक्षकद्वय अनुप सिंह र भावना श्रेष्ठ छन्। उक्त कमिटीले अहिले सिसी क्यामेरा कति संख्यामा आवश्यक छ, कुन–कुन ठाउँमा जडान गर्ने, सहरभरि सिसीटिभी कसरी जडान गर्ने, लगानी कति लाग्ने र प्राइभेट लगानी कसरी भित्र्याउने भन्ने विषयमा अध्ययन गरेको समितिका सदस्य धु्रव काफ्लेले जानकारी दिए। 

_x000D_ _x000D_

समितिले तिहारसम्म अध्ययन सकेर प्रतिवेदन बुझाउने जनाएको छ। अहिलेसम्मको अध्ययनअनुसार काठमाडौं उपत्यकामा १९ सयभन्दा बढी सिसी क्यामेरा आवश्यक रहेको प्रारम्भिक अनुमान छ। साना गल्लीमा फाइबर नपुगेकाले फाइबर पु¥याउन ठूलो खर्च हुने अनुमान गरिएको छ। १९ सयभन्दा बढी क्यामेराको जडान गर्न लगभग ९अर्ब लाग्ने अनुमान गरिएको छ। 

_x000D_ _x000D_

यतिको ठूलो लगानी कसरी भित्र्याउने भन्ने विषयमा काफ्लेले भने, ‘यति ठूलो लगानी महानगरपालिकाले जुटाउन सक्दैन। यसका लागि हामी सार्वजनिक निजी क्षेत्र साझेदारी मोडलमा जाँदैछौं। प्राइभेट लगानी भित्र्याएर नै बनाउने हो।’

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

त्यस्तै क्यामेरा जडान गरिसकेपछि पनि मर्मतका लागि वार्षिक ठूलो धनराशि लाग्ने देखिएको छ। अहिले प्रहरीले काठमाडौं उपत्यकामा जोडेका सिसी क्यामेरा मर्मत गर्न मात्रै वार्षिक डेढ करोड रुपैयाँभन्दा बढी खर्च भएको आयुक्त कार्यालयले जनाएको छ।

_x000D_ _x000D_

प्राइभेट कम्पनीलाई आर्थिक सहयोग गर्न लगाउने र महानगरपालिकामा विज्ञापन गर्न दिएर सिसी क्यामेरा जोड्नेबारे समितिले अध्ययन गरिरहेको छ। 

_x000D_ _x000D_

दुई ठाउँबाट काठमाडौंभर माेनिटरिङ

_x000D_ _x000D_

सिसी क्यामेरा जडान गरिसकेपछि यसको ‘मनिटरिङ’ दुई ठाउँबाट हुने बताइएको छ। एउटा नेपाल प्रहरीले गर्छ भने अर्को महानगरपालिकाले गर्छ। प्रहरीले बजार, बैंकिङ क्षेत्र, होटल, रेस्टुरेन्टलगायत अपराध हुने क्षेत्रको निगरानी गर्ने बताइएको छ। आयुक्त कार्यालयका प्रवक्ता एसएसपी प्रद्युम्न कार्कीले अपराध हुने क्षेत्रमा पर्याप्त मात्रामा सिसीटिभी जडान भएपछि अपराध नै कम हुने र अपराध भएपनि अपराधी उम्कन नपाउने बताए।  

Xtrem

Xtrem
_x000D_ _x000D_

एता, महानगरपालिकाले भने चारवटा प्रयोजनका लागि सिसी क्यामेराबाट मनिटरिङ गर्नेछ। महानगरपालिकाले सडकको अवस्था, सम्पदाको अवस्था, फुटपाथको अवस्था र फोहोर संकलन केन्द्रको अवस्था सिसी क्योमराबाट मनिटरिङ गर्ने जनाएको छ।

_x000D_ _x000D_

सिसीटिभी जडान भएपछि कसले कहाँ फोहर फालेको छ, सम्पदामा कसले, के गरेको छ सबै कोठा भित्रबाटै हेरिने छ। जसका कारण संयुक्त पहलमा काम भएपनि मनिटरिङ भने भिन्दाभिन्दै गर्न लागिएको हो। महानगरपालिकाका सबै कार्यालयले अहिले आफ्नै स्रोतबाट धमाधम सिसी क्यामेरा जडान गर्न थालेका छन्।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०७५  ००:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा : नेपाल–चीन व्यापारमा असर पर्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार शुक्रबार, असोज ९, २०८३
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो शुक्रबार, असोज ९, २०८३
कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा : नेपाल–चीन व्यापारमा असर पर्ने शुक्रबार, असोज ९, २०८३
प्रतिकूल मौसमले हवाई उडान प्रभावित शुक्रबार, असोज ९, २०८३
भारी वर्षाको जोखिमबीच स्वास्थ्य क्षेत्र उच्च सतर्क, स्वास्थ्यकर्मी र र्‍यापिड रेस्पोन्स टिम तयारीमा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्