काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्कीबाट काठमाडौं ल्याइने भएको छ।
बेलुकी ५ बजे हवाई मार्गबाट ल्याउन लागिएको प्रहरी स्रोतले बताएको हो।
काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा रविलाई पनि आरोपित गरेर जाहेरी दिइएको छ। यसैको अनुसन्धानका लागि काठमाडौं ल्याउन लागिएको हो। उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले पनि पक्राउ पूर्जि जारी गरिसकेको छ।
रविलाई अनुसन्धानकाला लागि लैजान लागिएको काठमाडौं तेस्रो जिल्ला हो। कास्कीबाट उनलाई रुपन्देही लगेर फेरि फिर्ता गरिएको थियो। काठमाडौंपछि चितवन लैजाने सेड्यूल छ।
पोखराबाट आज बिहान ८ बजे ल्याउने तयारी थियो। बिहान ल्याउँदा काठमाडौंमा प्रदर्शन चर्किन सक्ने भयले गर्दा बेलुकालाई टिकट सारिएको स्रोतले बतायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।