काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हैरान पारेपछि एमालेसँग मिल्न बाध्य भएको बताएका छन्।
नुवाकोटमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको समीकरण २०८४ सम्म जाने दाबी गरेका हुन्।
उनले भने, ‘दुवै ठूला पार्टी सरकारमा बस्ने यो त प्राकृतिक र स्वाभाविक देखिएन भन्छन्, तर दुइटै पार्टी हैरान भए, उहाँको ३२ सीट छ । हामीले प्रधानमन्त्री पनि उहाँलाई नै मान्दिनुपर्ने, कहिले यता गर्ने, कहिले उता गर्ने, कति बोल्नु ! उहाँलाई त म त जसरी पनि प्रधानमन्त्री हुने हो, कांग्रेस र एमाले मिल्दैनन् भन्ने गलत सन्देश गएपछि हामी मिलेका हौं ।’
उनले कांग्रेस र एमाले २०८४ सम्म सँगै जाने प्रतिबद्धता गरेको भन्दै त्यसभन्दा पनि आवश्यक परे सँगै अगाडि जानसक्ने सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।