काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भन्दा अगाडि परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन जाने भएकी छिन्।
उनी प्रधानमन्त्रीको चीन भ्रमण तयारीका लागि चीन जान लागेकी हुन्।
आफू बुधबार पछि चीन जान लागेको सोमबार प्रधानमन्त्री ओलीले आयोजना गरेको छलफलका क्रममा जानकारी गराएकी छिन्। ‘म यो भ्रमणको पूर्व तयारीको लागि दुई दिन पछि जाँदै छु,’ उनले भनिन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी मंसिर १३ गते बेइजिङ जाने तयारीमा छिन्। उनले १४ गते समकक्षी वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।