काठमाडौ- विशेष अदालतले तत्कालीन घरेलु तथा साना उद्योग विकास बैंक (हाल यति विकास बैंक)का अध्यक्ष सीताराम प्रसाईंसहित पाँच जनालाई भ्रष्टाचारी ठहर गरेको छ।
_x000D_
_x000D_
विशेषका अध्यक्ष बाबुराम रेग्मी र सदस्यद्वय चण्डीराज ढकाल तथा प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले उनीहरुले कर्जा अपचलन गरेको भन्दै दोषी ठहर गरेको हो।
_x000D_
_x000D_
अध्यक्ष प्रसाईलाई ३५ लाख जरिवाना र १ वर्ष कैद हुने ठहर गरेको छ। कर्जा अपचलनमा संलग्न रहेको भनी १० महिना र अध्यक्षको रुपमा जिम्मेवारी निर्वाह नगरेकोमा थप २ महिना गरी एक वर्ष कैदको फैसला सुनाएको हो।
_x000D_
_x000D_
साेही प्रकरणमा संलग्न रहेका हिम गुरुङलाई ३५ लाख जरिवानासहित ६ महिना कैद, सुनील प्रधानलाई १ वर्ष कैद, पदमप्रसाद खतिवडालाई ६ महिना कैद सहित १० हजार जरिवाना र कर्जा लिने केशवलाल खुशीलाई ७० लाख बिगो भराई थप ७० लाख जरिवाना गरी कुल १ करोड ४० हजार असुल गर्ने फैसला गरेको हाे। ७० लाख बिगो बैंकलाई खुशीले फिर्ता गर्नु पर्ने र सोही बराबर जरिवाना दाखिला गर्नुपर्ने फैसलामा उल्लेख छ।
_x000D_
_x000D_
उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्जा अपचलनको आरोपमा २०७० साल मंसिर २८ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
_x000D_
_x000D_
विशेषले दुई जनालाई भने सफाई दिएको छ। उक्त प्रकरणमा अभियुक्त बनाइएका महाप्रबन्धक भागवत श्रेष्ठ, वरिष्ठ प्रबन्धक सुनील गुरुङलाई विशेषले निर्दोष भन्दै सफाई दिने फैसला सुनाएको हो। उनीहरुमाथि २ लाख रुपैयाँ आना नपर्ने जग्गालाई ७० लाख रुपैयाँसम्मको मूल्यांकन गरी मिलेमतोमा कर्जा प्रदान गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख थियो। आयोगले १ करोड ५८ लाख ४ हजार ७ सय ५२ रुपैयाँ बिगो र सो बराबर जरिवाना र सजाय मागदाबी गरेको थियो।
_x000D_
_x000D_
अख्तियारले कर्जा अपचलनको अभियोगमा यति विकास बैंकका अध्यक्ष प्रसाईंसहित सात जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएमा पाँच जना दोषी भएका छन् भने दुईले सफाई पाएका छन्।
_x000D_
_x000D_
बैंकका तत्कालीन कार्यकारी अध्यक्ष प्रसाईंसहित महाप्रबन्धक भागवत श्रेष्ठ, वरिष्ठ प्रवन्धक सुनिल गुरुङ, कर्जा प्रवन्धक हिम गुरुङ, ऋणी खोसी मार्केटिङ प्रालिका प्रोपाइटर केशवलाल खोसी, खोसीका वारिस गर्ने सुनील प्रधान र मालपोत कार्यालय सुनसरीका तत्कालीन खरिदार पदमप्रसाद खतिवडा विरुद्ध मुद्दा दायर भएको थियो।
_x000D_
_x000D_
आयोगको अनुसन्धानमा कर्जा प्रवाह गर्ने क्रममा घोटला भएको निष्कर्षपछि उनीहरुमध्ये पाँच जनालाई पक्राउ गरी हिरासतमा लिएर अनुसन्धान थालेको थियो।
_x000D_
_x000D_
आयोगको अभियोगपत्रमा मालपोत कार्यालय सुनसरीका तत्कालीन खरिदार खतिवडा पनि संलग्न भएको भनिएपनि उनी सुरुमा फरार थिए। कर्जा प्रबन्धक हिम गुरुङ अर्कै काण्डमा जेलमा थिए। वित्तीय अवस्था कमजोर भएपछि मनकामना विकास बैंक हुँदै अहिले यति विकास बैंकको रुपमा कारोबार गरिरहेको छ। यसअघि राष्ट्र बैंकले सोही विषयमा अनुसन्धान गरी कर्जा घोटाला भएको निष्कर्ष निकालेको थियो।
_x000D_
_x000D_
केशवलाल खोसीलाई ऋण प्रवाह गर्दा ऋणीसँगको मिलेमतोमा नक्कली नागरिकता एवं लालपुर्जा सहितको धितोका आधारमा ऋण दिई सार्वजनिक सम्पत्तिमा बदनियतपूर्ण तरिकाले हानी पुर्याएको दाबी आरोपपत्रमा गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।