काठमाडौं– प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन्।
सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा भएका बेला अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन्।
अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएका हुन्। पूर्व सचिव रहेका अधिकारीलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए।
गत असार १७ गते सचिवि नियुक्त भए पनि घिमिरे सचिवको जिम्मेवारीमा रमाउन सकेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।