पोखरा– सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालत कास्कीमा उपस्थित गराइएको छ।
शुक्रबार म्याद सकिए पनि शनिवार सार्वजनिक बिदा भएकाले आइतबार रविलाई अदालत उपस्थित गराइएको हो।
रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ।
रविलाई कार्तिक २ गते रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।