काठमाडौँ – सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेसहितलाई पक्राउ गर्न चितवन प्रहरीले अदालतबाट अनुमति पाएको छ।
सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेविरूद्ध चितवनमा पनि अदालतले पक्राउ पुर्जी जारी गरेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रका लामिछानेसहित १० जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको हो। चितवन जिल्ला अदालतबाट शुक्रबार प्रहरीले पक्राउ अनुमति लिएको छ।
चितवनको सहारा चितवन सहकारीका पीडितहरूले लामिछाने र छविलाल जोशीसहितका १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।
साहरा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ। लामिछाने र जोशी गोर्खा मिडियाका सञ्चालक थिए।
अन्य ८ जना जिबी राईले सञ्चालन गरेका विभिन्न कम्पनीका सञ्चालक तथा सेयरधनी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।