काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले महिला हिंसासँग सम्बन्धित ९० प्रतिशत घटनाका दोषीलाई कारबाही गरिएको दाबी गरेका छन्।
_x000D_
_x000D_
गृहमन्त्री थापाले बलात्कार, हत्यालगायतका महिला हिंसासँग सम्बन्धित ९० प्रतिशत घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गरिएको दाबी गरेका हुन्।
_x000D_
_x000D_
बिहीबार महिला हिंसा न्यूनिकरणसम्बन्धि सरकारको काम कारबाहीबारे संघीय संसदको महिला तथा सामाजिक समितिलाई जानकारी गराउँदै उनले बाँकी १० प्रतिशत सो सम्बन्धि घटनाका दोषीलाई पनि छिट्टै कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता दोहो¥याए।
_x000D_
_x000D_
गृहमन्त्री थापाले बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न ढिलाई नहुने आश्वासन पनि दिए। उनले घटनाको तथ्य बाहिर ल्याउन सरकारले छानबिनमा त्रुटि गर्नेमाथि कारबाही गरेको पनि समितिलाई स्मरण गराएका थिए। गृहमन्त्री थापाले महिला हिंसाको घटनालाई राजनीतिकरण नगर्न पनि सबैलाई आग्रह गरे।
_x000D_
_x000D_
गृहमन्त्री थापाले समितिसमक्ष विगत ५ महिनायता ७ सय १० वटा जब्बरजस्ती करणीको घटना घटेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले मदिरा सेवन, लागूऔषध सेवनलगायतको कामलाई निष्तेज पार्न प्रभावकारी कदम चालिरहेको दाबी पनि गरे।
_x000D_
_x000D_
बैठकमा समितिका सदस्यहरुले बढ्दो महिला हिंसा नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारलाई सुझाव दिएका थिए। समितिकी सदस्य गंगा चौधरीले फाँसीको सजाय दिएर मात्रै महिला हिंसा नियन्त्रण हुन नसकेको दृष्टान्त पेश गर्दै त्यसलाई नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।
_x000D_
_x000D_
बैठकमा समितिका सदस्यहरुले महिला हिंसाका दोषीलाई कारबाहीको दायरामा ल्याउने काममा गम्भीर बन्न पनि गृहमन्त्री थापाको ध्यानाकर्षण गराएका थिए।
_x000D_
_x000D_
विगत ५ महिनायता नेपालमा महिला घरेलु हिंसाका घटना मात्रै ५ हजार ४ सय १७ वटा घटेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।