काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगी गर्नेहरू अरूलाई गाली गर्दै हिँडेको बताएका छन्।
शुक्रबार दरमारमार्गमा जागरण सभालाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्ष्य गर्दै सहकारी ठगी गर्नेहरू अरूलाई गाली गर्दै हिँडेको बताएका हुन्।
'उल्टै कति कति सहकारीमा ठगीका प्रमाणहरू छन्। आफै सहकारी ठगी गर्ने, अरूलाई मुख छाड्ने? अरूलाई गाली गर्ने?,' ओलीले भने।
उनले अहिलेको सरकारलाई कुनैपनि प्रकार भ्रष्टाचार सह्य नहुने बताए।
'कुनैपनि प्रकारको ठगी सह्य हुनेछैन। कुनै प्रकारको मानव तस्करी सह्य हुनेछैन। कसैलाई पनि नेकपा एमाले र अहिलेको सरकारले जुनसुकै पक्षको होस् जोसुकै होस्। अनुहार हेर्दैन अपराध गर्नेलाई कारबाही गर्छ,' ओलीले भने।
यस्तै उनले अहिले चाहेजस्तो विकास हुन नसके पनि जनतालाई निराश नहुन आग्रह गरेका छन्। हिजो र आजको अवस्था फरक बनेकाले जनताको असन्तुष्टिलाई सम्बोधन गर्नकै लागि आफू नेतृत्वको सरकार बनेको दाबी गर्दै उनले केही भएकै छैन भनेर निराश हुनुपर्ने अवस्था नरहेको बताएए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।