काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्बोडियामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगानी गरेको भन्नेहरुलाई जवाफ दिएका छन्।
दरबारमार्गमा आयोजित सभाबाट महासचिव पोखरेलले लगानी प्रमाणित गर्ने व्यक्तिलाई जति लगानी गरिएको भनिएको छ, त्यसको दोब्बर दान दिने बताएका हुन्।
उनले कम्बोडियामा लगानी गरेको भन्ने आरोपको खण्डन गर्दै एमालेले भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने उनले बताए।
अध्यक्ष ओलीले कम्बोडियामा लगानी गरेको भन्दै फर्जी कागजात सार्वजनिक गरेको आरोपमा दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।