काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले सन् २०२० भित्र नेपालमा २० लाख अन्तर्राष्ट्रिय पर्यटक भित्रयाउने लक्ष्य पूरा गर्न सबैलाई पहल गर्न आह्वान गरेका छन्।
_x000D_
_x000D_
मन्त्री अधिकारीले पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउन सरकारले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि सूचना र प्रविधिको प्रयोगमा अधिकतम पहल गरिरहेको पनि स्पष्ट पारे।
_x000D_
_x000D_
बिहीबार विश्व पर्यटन दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पर्यटन क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार विकासको कामलाई जोड दिएको पनि स्मरण गराए। त्यस अवसरमा मन्त्री अधिकारीले १ वर्ष भित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिसक्ने घोषणा पनि गरे।
_x000D_
_x000D_
उनले नेपालमा पर्यटन क्षेत्रको विकास उत्साहजनक रुपमा अघि बढाउन सरकार क्रियाशील रहेको दाबी गरे।
_x000D_
_x000D_
सन् २०२० भित्र १ अर्ब ६० करोड पर्यटकले विश्व भ्रमण गर्ने विभिन्न अध्ययनले देखाएको उल्लेख गर्दै मन्त्री अधिकारीले उनीहरुलाई नेपाल आउने वातावरण बनाउन सरकार लागि परेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।