काठमाडौं– विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको छैटौं चरणमा अहिले हङकङले २० ओभरमा ३ विकेटको क्षतिमा ७६ रन जोडेको छ।
हङकङको टिन कङ रिक्रिएसन मैदानमा टस जितेको नेपालले अहिले पहिले बलिङ गरिरहेको छ। करण केसीले हङकङका ओपनिङ ब्याट्सम्यान अंशुमान राथलाई शून्य रनमा आउट गरेका छन्। यस्तै बाबर हायत २९ रनमा रनआउटको सिकार भए। उनलाई नेपालका दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका हुन्। अर्को विकेट सन्दीप लामिछानेले लिएका छन्। सन्दीपले निजाकत खानालाई १२ रनमा विनोद भन्डारीबाट स्टम्प गराए।
नेपाली टिम : पारस खड्का, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सागर पुन, सोमपाल कामी, विनोद भन्डारी, करण केसी, आरिफ शेख, सुसन भारी, बसन्त रेग्मी।
शुक्रबार र आइतबार हुने दुई खेलले नेपालको आगामी यात्रा तय गर्नेछ। जित हात पारे तालिकाको शीर्ष चारमा पुगेर एक दिवसीय विश्वकप छनोट खेल्ने सम्भावना जीवित रहनेछ। हारले नेपाल डिभिजन–२ मा झर्नेछ।
यद्यपि डिभिजन–२ मा शीर्ष दुईभित्र पर्न सके एक दिवसीय विश्वकप खेल्ने विकल्प बाँकी नै रहनेछ। डब्लुसिएलको पाँचौं चरणको खेल सकिँदा नेपाल ८ अंक जोडेर छैटौं स्थामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।